तोकिएको समयमा मल नल्याउने शैलुङ र हानोको कम्पनीको साढे ९ करोड धरौटी जफत



काठमाडौं भदौ २१ ।

तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्ध गर्दै धरौटी जफत गर्ने निर्णय गरिउको कृषिमन्त्री घनश्याम भूषालले जानकारी दिए ।

यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच(पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ । साथै थप कानूनी कारबाहीका लागि कृषि सामाग्री कम्पनी लिमिटेडले तयारी गरेको छ ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्