चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि



बर्दिया भदौ २१ ।

बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ।

बर्दियामा आइतवार कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना बाँसगडीमा रहेको सिजी फुड्स कम्पनीमा कार्यरत कर्मचारी हुन्। उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण गरिएको थियो।

संक्रमण पुष्टि भएकामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिरका रहेका छन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएकामध्ये २९ जना महिला छन्।

यसअघि सोही कम्पनीमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्याक्ट ट्रेसिङ गर्दा यति धेरैजनामा संक्रमण देखिएको प्रमुख गिरीले बताए।

एकैदिन धेरैजनामा संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिको वैठक बसिरहेको र बाँसगढी नगरपालिका सिल गर्ने तयारी भैरहेको उनले जानकारी दिए। यो सँगै बर्दियामा कुल संक्रमितहरुको संख्या ४०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्