नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् ।

भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुष तीन दिन होटल आइसोलेसनमा बसेका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १८ गते उनलाई उपचारका लागि मेडिकल कलेजमा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्