नुवाकोटका क्यान्सर पीडित  शिवरामलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपिल



क्यान्सर पीडित शिवराम अस्पतालमा

नुवाकोट,भदौ २२। नुवाकोटका क्यान्सर पीडित  शिवराम  कुँइकेललाई उपचारमा आर्थिक अभाव भएको छ। नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरादेवी स्थायी घर भएका १७ वर्षीय शिवरामलाई थप उपचारार्थ आर्थिक अभाव भएको पीडितका दाज्यु जनार्दन कुँइकेलले साझापथलाई बताए ।

पीडितका दाज्युका अनुसार गत बैशाख २० मा क्यान्सर देखिएपछि उपचारमा झण्डै ४  लाख रुपैयाँ उपचारमा सकिएको छ। थप उपचारका लागि झण्डै २५ लाख आवश्यक रहेको र परिवारको आर्थिकस्थिति कमजोर भएकाले सहयोगका लागि सबैलाई आह्वान गरिएको पारिवारिक श्रोतले जनाएको छ।

हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शिवरामको उपचारका लागि सहयोग गर्न चाहनेले दाज्यु जनार्दन कुँइकेलको नेपालटारस्थित एनआईसी एसियाको बैंक खाता नम्बर १६३५७५०८४७०६४००१ मा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्