तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट



काठमाडौं,भदौ २२ । तीन वर्षपछि सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ। तीन वर्ष अघिदेखि बन्द रहेको जग्गा कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा खुल्ला गर्ने निर्णय गरेकी हुन ।

कृषि योग्य जग्गा जमिनको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले जानकारी दिएको छ।

जग्गाको खण्डीकरणका सम्बन्धमा यसअघि २०७४ र २०७५ मा सरकारले रोक्ने आदेश जारी गरेको थियो।

भू-उपयोग नियमावली जारी गरी भू-उपयोग नक्सा र डाटा स्थानीय तहलाई हस्तान्तरण भएपछि लागू हुनेगरी हालका लागि खण्डीकरण गर्न अनुमति दिइएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए।

यो निर्णयसँगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने छ। कित्ताकाट हुने छ। यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।

विशेषगरी व्यवसायीहरूले कित्ताकाट भएपछि खुलाउन लबिङ गरिरहेका थिए। जग्गामा लगानी गरेका व्यवसायीहरूले कित्ताकाट रोकिँदा विक्री गर्न नपाएको भन्दै गुनासो गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्