नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण



काठमाडौं भदौ २२ । नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गएको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९ सय ७९ कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको
संख्या ४७ हजार २३६ जना पुगेको छ ।

पीसीआर परीक्षण : ९ हजार २१८ । हालसम्म ७ लाख ७७ हजार ५६३
डिस्चार्ज : १ हजार ७३६ । हालसम्म ३० हजार ६७७
क्वारेन्टाइनमा : ४ हजार ७३९
आइसोलेसनमा : १६ हजार २५९
मृत्यु : ११ जना

प्रतिक्रिया दिनुहोस्