कोरोना संक्रमण निको भएर एकैदिन १७ सय ३६ डिस्चार्ज, थप ११ जनाको मृत्यु

काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर थप १७ सय ३६ जना डिस्चार्ज भएका छन् ।
२४ घन्टाको अवधिमा विभिन्न अस्पतालबाट १ हजार ७३६ जना घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ३० हजार ६७७ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९ हजार ७९ जनामा कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २३६ जना पुगेको छ । सोही अवधिमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सोमबारसम्म मृतकको संख्या ३०० पुग्यो ।
पीसीआर परीक्षण : ९ हजार २१८
क्वारेन्टाइनमा : ४ हजार ७३९
आइसोलेसनमा : १६ हजार २५९