नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो



काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । गएको २४ घन्टामा थप ११ को मृत्यु भएसँगै कूल मृतकको संख्या सोमबार ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

मृत्यु हुने महिलामा काठमाडौँका ३ जना रहेका छन् । ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो । त्यसैगरी कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
मोरङका ७६ वर्षीय, सिरहाका ८७ वर्षीय, ६२ वर्षीय,सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेकाा ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोनाले मृत्यु भएको हो ।

२४ घन्टामा ९ सय ७९ जना संक्रमित भएका छन् भने १७ सय ३६ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्