कोरोना संक्रमितलाई तारकेश्वर नगरको भत्ता



नगर प्रमुख बोहरा भत्ता वितरणका क्रममा

काठमाडौं ,भदौ २२ । तारकेश्वर नगरपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितलाई भत्ता वितरण सुरु गरेको छ।

नगरपालिका प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाल लम्साल लगायतको टोलीले सोमबार  नगर क्षेत्रका संक्रमितलाई  जनही ५ हजारका दरले भत्ता वितरण सुरु गरेको हो।

नगरका प्रमुख लगायतका टोलीले तारकेश्वर नगरपालिका वडा नं १० को शिवनगरस्थित नवलचन्द्र शिवाकोटीको घरमा पुगी परिवारका संक्रमित ५ जना सदस्यलाई  पाँच हजार भत्ता , मास्क,स्यानिटाइजरका साथै स्वास्थ्य सामाग्री वितरण गरे ।

संक्रमितलाई भेट्न घर घरमा तारकेश्वर नगरका पदाधिकारीहरु

सो अवसरमा नगर प्रमुख बोहोराले कोरोना संक्रमणका समयमा उच्च मनोबलसहित रोगसँग लड्न संक्रमितलाई सुझाव दिएका छन्।

नगरमा हालसम्म झण्डै २ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकको भने मृत्यु भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्