झोरका स्वास्थ्यकर्मी अधिकारीले जिते कोरोना, संक्रमण विरुद्ध यसरी लड्नुस



डाँछी स्वास्थ्यचौकीका हेल्थ असिष्टेन्ट दिनेश अधिकारी

काठमाडौं,भदौ २२ । झोरका स्वास्थ्यकर्मी दिनेश अधिकारीले कोरोनालाई परास्त गरेका छन्। डाँछी स्वास्थ्यचौकीका हेल्थ असिष्टेन्ट पदमा कार्यरत अधिकारीलाई गत बिहिवार कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टिसंगै अस्पतालको आइसोकेसनमा रहेर उनि उपचाररत थिए।सोमबार संक्रमणमुक्त भएपछि उनि आफ्नो निवास टोखा नगरपालिका १ स्थित झोर फर्किएका छन्।

उनले संक्रमण मुक्त भएपछि आम मानिसलाई कोरोनादेखि हतोत्साहित नहुन सुझाएका छन्। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना आफन्तको न्यानो माया र आत्मबल बलियो बनाउन सके सजिलैसँग जित्नसक्ने उनले बताए। साझापथसंग कुरा गर्दै स्वास्थ्यकर्मी अधिकारीले भने- ‘संक्रमणको यस भयावह स्थितिमा कोरोना केही होइन नभनौ, हामी आफ्नो खानपिन र दैनिक जीवन यापनमा सजगता अपनाऔं ।’

टोखा नगरपालिका वडा नम्बर १ मा हालसम्म ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।यद्यपि यसअघि एक जना संक्रमितले झोरको ठेगाना उल्लेख गर्दा संक्रमित संख्या ४ पुगेको थियो ।

बितेको २४ घण्टामा टोखा नगरमा स्वास्थ्यकर्मी अधिकारीसहित ३ जनाले कोरोनालाई परास्त गर्न सफल भएका छन्।

टोखा नगरको पछिल्लो विवरण:-

प्रतिक्रिया दिनुहोस्