नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु



काठमाडौं,भदौ २३ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय एक पत्रकार रहेका छन् । उनको कोरोनाबाट सोमबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पाैड्यलले जनाएका छन् ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र सोमबार साँझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्