सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किए



काठमाडौं, भदौ २३ । विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि गएको पाँच अन्तर्राष्ट्रिय उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्। केन्द्रकाअनुसार साउदी अरवियाबाट १ सय ५४ जना, कतारबाट २ सय २५ जना, मलेसियाबाट १ सय ४० जना , कतारबाट १ सय ४५ जना फर्किएका छन्। त्यसैगरी ५ कुटनीतिज्ञ, ५ पाकिस्थानी नागरिक र ४ जना सार्कसचिवालयका गरी २९ जना पाकिस्थानबाट नेपाल आएका छन्। मलेसियाबाट भने २ वटा शव समेत ल्याइएको छ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगेर आवश्यक सोधपुछ र परीक्षण पश्चात सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ। लकडाउन भएदेखि आइतबारसम्म ५८ हजार ४६ जना नेपाल आइसकेका छन् ।

यो समाचार अन्नपुर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्