दोलखामा पहिरोले १० घर बगायो



दोलखा,भदौ २३ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले दोलखामा १० भन्दा बढी घर बगाएको छ। जिल्लाको कालिञ्चोक र विगू गाउँपालिकाका १० भन्दा बढि घर बगाएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोले कालिञ्चोक गाउँपालिका—५ लापिलाङमा ६ घर बगाएको भने धेरै घरमा क्षति पुर्‍याएको जनाइएको छ ।

गएरातिदेखिको निरन्तर वर्षाले कतिपय घर बाढी र पहिराले बगाउन थालेपछि गाउँलेहरु त्यहाँबाट भागेर सुरक्षित ठाउँ तर्फ लागेका छन् । बाढीले धेरै घरहरु बगाएको भएपनि वास्तविक संख्या आईनसकेको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए।

लापिलाङकै अन्य क्षेत्रमा समेत पहिराले घर बगाएको गाउँपालिकाका अध्यक्ष थामीले जानकारी दिनुभयो । यस्तै विगू गाउँपालिका—२ आरोङमा पहिरो आधा दर्जन घर बगाएको स्थानीयले बताएका छन ।

पहिरोले के कति क्षति गर्यो भन्ने बारे विवरण आइनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्