झोरमा ७२ जनाको स्वाब संकलन



स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी

काठमाडौं,भदौ २३ । राजधानी काठमाडौंमा कोरोना त्रास बढिरहेको बेला टोखा नगरपालिका १ झोरमा ७२ जनाको स्वाब संकलन गरिएको  छ। टोखा नगरपालिकाको प्रति वडा क्षेत्रमा सय जनाको स्वाब परिक्षण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार बिहान वडा नम्बर १ झोरमा स्वाब संकलन गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

बौडेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको स्वाब संकलनमा यहाँका ब्यापारी,व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो । टोखा नगरपालिका वडा नम्बर १ मा हालसम्म ३ जनामा संक्रमण पुष्टि भैसकेको छ। यद्यपि ठेगाना झोर उल्लेख गरेका एक संक्रमितसहित संक्रमितको तथ्यांक भने ४ उल्लेख छ । झोरका संक्रमितमध्ये २ जना निको भइ घर फर्किसकेका छन।

स्वाब संकलनका क्रममा छलफलमा अध्यक्ष श्रीकृष्ण अधिकारी

टोखा नगरपालिका क्षेत्रमा भने हालसम्म २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ। जसमध्ये १ सय २२ जना कोरोना मुक्त भैसकेका छन् ।

स्वाब संकलनका लागि लाइनमा स्थानीय
स्वाब संकलनपछि स्वास्थ्यकर्मीहरु

प्रतिक्रिया दिनुहोस्