नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो



पहिरो बगिरहेको क्षेत्र

नुवाकोट,भदौ २३ । नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो गएको छ। दुप्चेश्वर गाउपालिका वडा न.१ घ्याङफेदीको सिसिपु भन्ने स्थानमा पहिरो खसेको र खोला थुनिन सक्ने भएकाले सतर्कताका लागि स्थानीयलाई अनुरोध गरिएको नेकपाका नेता लालबहादुर तामाङले बताए।

झण्डै ५ सय मिटरबाट पहिरो झरेको सो स्थानमा बाक्लो हुस्सु लागेको कारण मानिस आवातजावत गर्न सकिने या नसकिने यकिन नभएकाले उद्धारमा समस्या उत्पन्न भएको नेता तामाङले बताए। यद्यपि पहिरोका कारण मानवीय क्षति भने नभएको बताएका छन् ।

गएको ४ दिनदेखि नियमित वर्षा भैरहेको कारण सो स्थानमा उद्दारमा समेत कठिनाइ हुनसक्ने बताइएको छ। पहिरोका कारण तादी खोलामा समेत ठूलो बाढी आएको छ ।

मंगलबार विहान ६:३० बजेदेखि बग्न सुरु भएको पहिरोमा मानवीय क्षति नभएपनि झण्डै १०७ घरलाई जोखिम रहेको छ। वर्षा रोकिए पहिरो रोकिन सक्ने स्थानीयले साझाथलाई बताए। पहिरोको जोखिममा रहेको सेलेलो र सिसिपुका बासिन्दालाई वडा सदस्य मानबीर तामाङ सहित स्थानिय युवाहरुको टोलीले सुरक्षित स्थानमा सार्दै गरेको बताइएको छ।

मौसम बिस्तारै खुल्दै गएको बताइएको छ। तस्बिर समय १ बजे

पहिरो गएको आवाज आइरहेको तर क्षतिको विवरण आउन समय लाग्ने खरानीटार प्रहरी पोस्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्