स्वास्थ्यकर्मीलाई निशुल्क बिमाको माग



नुवाकोट,भदौ २३ । कोरोना महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको नाममा एक लाख रुपैयाँको निशुल्क बिमा हुनुपर्ने स्वास्थ्यकर्मी संघ नुवाकोटले माग राखेको छ ।

जिल्लास्थित संघका अध्यक्ष कल्याणभक्त पाण्डेद्वारा हस्ताक्षरित माग पत्रमा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्यकर्मी सहित जिल्लाका सम्पुर्ण स्थानीय तहका स्वास्थकर्मीको नाममा निशुल्क एक लाखको बिमा हुनुपर्ने उल्लेख गरिएको छ।

जिल्लाका कतिपय स्थानमा सामान्य स्वास्थ्य सामग्रीका भरमा कोरोनाको जोखिम व्यहोर्दै आउनुपरेको स्मरण गराउदै संघले अविलम्ब नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा अनुरुप स्वास्थ्यकर्मीलाई कोरोना बिमाको व्यवस्था हुनुपर्ने माग गरिएको छ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका कर्मचारीलाई समेत सरकारी तवरबाट बिमा ब्यवस्थापन नहुनु दु:खद पक्ष भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका उत्तम खनालले बताए ।

स्वास्थ्यकर्मी संघ नुवाकोट द्वारा जारी बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्