बितेको २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, भदौ २३। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९ सय  २ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४८ हजार  १ सय  ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म ३२ हजार  ९ सय  ६४ जना संक्रमणमुक्त भएका छन् । मंगलबार २२ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्