बितेको २४ घण्टामा २२ सय ८७ जनाले कोरोना जितेर घर फर्किए



काठमाडौं,भदौ २३ । बितेको २४ घण्टामा नेपालमा अहिले सम्मकै धेरै २२ सय ८७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

मंगलबार २२ सय ८७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३२ हजार ९ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

हाल्सम्म संथागत आइसोलेसनमा आठ हजार ५३ र होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा केहीदिन देखि कोरोना संक्रमितको संख्या बढ्नु भन्दा पनि निको भएर घर फर्कनेको संख्या बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८.५ प्रतिशत निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्