पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु



काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र पाँच पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमध्ये पाँच जना वृद्धवृद्धा छन् । एकजना ५४ वर्षीय पुरुष छन् । आज मृत्यु भएकाहरुमा काठमाडौंका एकजना पनि छन् ।

यसैगरी, हालसम्म कुल मृतक संख्या ३ सय ६ पुगेको छ । जसमध्ये २ सय २२ पुरुष र ८४ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्