उपत्यका अपडेट: पछिल्लो २४ घण्टामा ३९६ संक्रमित थपिए



काठमाडौं,भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय जना, भक्तपुरमा ५८ जना र लतिलपुरमा ३८ जनासहित ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्