सरकारविरुद्ध साउदीमा नाराबाजी, प्रधानमन्त्री ओलीलाई देश छाड्न चेतावनी



काठमाडौं भदौ २३ ।

साउदी अरेबियामा नेपाल सरकारविरुद्ध प्रवासीले नाराबाजी गरेका छन् ।

रियादमा रहेको सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली समेत गरेका छन् । ‘केपी ओली, देश छोड’ भन्दै अलपत्र परेका नेपाली प्रवासीले नाराबाजी गरेका हुन् । रोजगारी गुमाएर स्वदेश फर्किन विमान कुरिरहेका ती श्रमिकले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखेपछि उनीहरुले दुतावासमा पनि गुनासो पोखेका थिए । तर कम्पनी र दुतावासले नेपाल पठाउन आनाकानी गरेपछि उनीहरुले नाराबाजी गरेका हुन् । मंगलबार नेपाल उड्ने योजना बनाएका उनीहरु कम्पनी र दुतावासले धोका दिएपछि सार्वजनिक नाराबाजीमा उत्रिएका हुन् । साथै उनीहरुले ‘नेपाली दूतावास खारेज गर’ भन्दै नरााबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्