कुलमान घिसिङलाइ पुनः नियुक्तिको माग गर्दै मोरङमा प्रदर्शन



मोरङ भदौ २३ ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाइ पुनः अर्को कार्यकाल दिनुपर्ने माग गर्दै मोरङको बेलवारी नगरपालिकामा प्रदर्शन भएको छ ।

यहि भदौ २९ गते घिसिङको कार्यकाल सकिदैछ । अर्को कार्यकाल पनि घिसिङलाई प्राधिकरणमा नियुक्ति गर्नुपर्र्ने माग राख्दै उज्यालो नेपाल समर्थन बेलबारी नगर समाजले बेलबारी नगर परिक्रमा गर्दै प्रदर्शन गरेको हो ।

घिसिङले नेपाललाई लोडसेडिङ मुक्त बनाएको र विधुत प्राधिकरणलाई नाफामुलक बनाएको भन्दै भौतिक दूरी कायम गर्दै युवाहरुले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

उनीहरुले घिसिङलाई पुनः नियुक्ति गर, देशलाई कुलमान घिसिङ चाहिन्छ, कुलमान देशको गहना हो , उज्यालोको प्रतिक कुलमान हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्