डीएसपीसहित २० जना प्रहरीमा कोरोना



रौतहट भदौ २४ ।

रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक ‘डीएसपी’सहित २० जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक ‘डीएसपी’, दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर २ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्