पछिल्लो २४ घण्टामा थप १०८१ मा कोरोना संक्रमण,९१८ डिस्चार्ज



काठमाडौं, भदौ २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ३३ हजार  ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । बुधबार ९ सय १८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्