कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु



काठमाडौं भदौ २४ ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । मंगलबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५ छ । पछिल्लो २४ घण्टामा एक हजार ८१ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्