बितेको २४ घण्टामा उपत्यकामा ४६४ संक्रमित थपिए



काठमाडौं,भदौ २४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा थपिएकामध्ये काठमाडौंमा ३ सय ९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा रहेका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या पनि देशभर ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् भने ३ सय १२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्