काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय,यातायातमा जोरबिजोर प्रणाली

काठमाडौं भदौ २४ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर–बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ।
निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरात सकिँदै छ।
त्यस्तै, पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ। बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए।