सहकारीबाट पाँच करोड ६७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ



काठमाडौं भदौ २४ ।

प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौ महानगरपालिका २१ न्युरोडको नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका २३ धापाखेलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

यही सहकारीमा सात वर्षसम्म प्रबन्धक पदमा रहेर सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिइ हिसाब विवरण नदेखाउँदा पक्राउ परेका खड्गी ठगी गरेर फरार थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्