निषेधाज्ञा हट्यो : के खुल्छ के खुल्दैन (विवरणसहित)



काठमाडौं भदौ २४ ।

सरकारले भोलि विहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

आज राती १२ बजेपछि निषेधाज्ञा हटाउने निर्णय गरेको सरकारले यातायात, व्यापार, व्यवसाय भने सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यद्यपी सबै व्यवसाय भने सधै खुला हुने छैनन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी गाडी मात्रै चल्नेछन् । त्यो पनि जोर विजोर प्रणालीमा चल्नेछन् ।

ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक गाडीमा भने जोरविजोर नलाग्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पत्रमा उल्लेख छ । यस्तै पसल सञ्चालनका लागि बार तोकिएको छ ।

कुन पसल कुन दिन खुल्छ ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइनेछ । फर्निचर र अटो मोवाइल सम्बन्धी पसल सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

भदौ २५ देखि ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ । जनजीवन कष्टकर बनेर निषेधाज्ञा खुलेको तर कोरोना नियन्त्रण नभइसकेको भन्दै आफै सतर्क भएर जोगिएर हिड्न पनि सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्