निषेधाज्ञा हट्यो,यातायातमा जोरबिजोर लागु



काठमाडौं, भदौ २५ । सरकारले बिहिवारदेखि निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र भने अझै एक हप्ता सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ ।

काठमाडौं उपत्यकामा १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायात सञ्चालन गर्न सकिनेछ भने ट्याक्सीमा ३ जना मात्र राख्न पाइनेछ । निजी सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ । ती यातायातमा जोर बिजोर लागु गरिएको छ ।

अत्यावश्यक बाहेकका पसल तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । ढुवानीका लागि प्रयोग हुने साधन २ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सपिङ मल, कपडा, जुत्ता पसल साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाडा र भान्याजन्य सामानका पसलहरु आइतबाट मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटो मोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ ।

काठमाडौं उपत्यकामा २१ दिन लामो निषेधाज्ञा अन्त भएपनि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न निषेध गरिएको छ । जात्रा, महोत्वस, भोजभतेर संचालन गर्न गराउन पाइनेछैन ।

चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा समाजिक कार्य गर्नका लागि जमघट गर्न, दैनिक नित्य पूजाबोहकका गतिविधिहरु सञ्चालन गर्न,शैक्षिक संस्थाहरु सञ्चालन गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्