सिरहामा बुधबारमात्रै ५९ कैदीबन्दीसहित ६७ जनामा कोरोना संक्रमण



सिरहा भदौ २५ । सिरहामा बुधबार मात्रै ५९ जना कैदीबन्दीसहित ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य ७ जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उनका अनुसार उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदाय स्तरमै कोरोना फैलिसकेको छ । संक्रमित थपिँदै गएपछि आइसोलेसन बेडको अभाव हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्