धिताल फिल्मसको निर्माणमा दुर्गा र आशाको स्वरमा ‘दशै-तिहार आयो’ सार्वजनिक



काठमाडौं,भदौ २५ । धिताल फिल्मस् प्रालिको प्रस्तुतिमा गायक दुर्गा लामिछाने र आशा बिसीको स्वरमा रहेको गीत नयाँ ‘दशैँ–तिहार आयो’ गीत सार्वजनिक भएको छ । 

गायक स्वयं दुर्गा लामिछानेको शब्द रचना र चर्चित सर्जक सन्तोष सुवेदीको लय र थेगोमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा कृष्ण पन्त, आशा बिसी, सन्तोष सुबेदी, माया कुँवर, भगत शाह र बालकलाकारद्वय बिनिता लामिछाने र बिबेक लामिछानेको अभिनय रहेको छ । 

चर्चित भिडियो निर्देशक होम धितालको निर्देशन तथा मरुभूमि नारायणको छायांकन रहेको उक्त गीतमा चर्चित भिडियो सम्पादक रोशन धितालको सम्पादन रहेको छ । 

सन्तोष सुवेदी अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गीत अत्यन्तै राम्रो र समय सान्दर्भिक रहेको प्रतिक्रिया आइरहेको बताइएको छ।

गीतको पूरा भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्