मध्यरातमा एक किशोरीलाई भारत पुर्याउन खोज्ने ६ युवक पक्राउ



रौतहट भदौ २५ ।

नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारत छिराउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउन गरेको छ ।

उनीहरुलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शंका लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका–८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल रहेका छन् । यस्तै सो नगरपालिका–५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा आवश्यक छानबिन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्