जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारी साधन प्रहरी नियन्त्रणमा



काठमाडौं भदौ २५ ।

निषेध आदेश खुकुलो भएसँगै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कडाइका साथ जोरबिजोर कार्यान्व्यन गर्न लागि परेको ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आज बिहान साढे १० बजेसम्ममा ४ सय २६ वटा सवारीलाई नियन्त्रणमा लिएको हो ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी चलाउन पाइने स्थानीय प्रशासनले निर्णय गरेको छ । सो निर्णय विपरित आज जोर नम्बरका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जोर बिजोर प्रणाली उल्लंघन गरेमा बिहिबार निश्चित समय होल्ड गरेर चेतावनीसहित छाडिने र शुक्रबारबाट कारावाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाईने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्