निजी विद्यालयहरूलाई अनलाईन कक्षाको शुल्क उठाउन अनुमति



काठमाडौं भदौ २५ ।

सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट निजी विद्यालयलाई शुल्क लिन छुट दिएका हुन् ।

यसअघिदेखि नै निजी विद्यालयले शुल्क उठाउन थालेका थिए । तर सरोकारवालाहरुको चर्को दबाबपछि खुलेर शुल्क उठाउन पाएका थिएनन् । अहिले सरकारले नै शुल्क उठाउन भनेपछि निजी विद्यालयलाई शुल्कका नाममा ठगी गर्ने छुट मिलेको हो ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । तर स्थानीय तहले नै शुल्क भने एकिन गरेका छैनन् । सोही कारण पनि अनलाईन कक्षा देखाएर निजी स्कुलले महिनाभरीको शुल्क उठाउने योजना बनाएका छन् ।

यसअघि शिक्षा मन्त्रालयले अनलाईन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर कोरोना महामारी लम्बिएर स्कुल खोल्ने एकिन अवस्था नभएपछि शिक्षा मन्त्रालयले आफ्नो पूर्ववत निर्णय पुनर्विचार गर्दै निजीलाई शुल्क उठाउन दिने निर्णय गरेको हो । निर्देशिकाअनुसार गएको असारदेखि नै वैकल्पिक माध्यमबाट पाठनपाठन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्