नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षदेखी रोकिएको तलब पाए



काठमाडौं भदौ २५ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब पाएको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो ।

क्यानले खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाएको समेत जनाएको छ । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्न आईसीसी सहमत भएको थियो । राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाएका छन् । जसमा ए श्रेणीको खेलाडीले ४५ हजार, बी श्रेणीको खेलाडीले ३५ हजार र ुसीु श्रेणीको खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् ।

एकमुष्ट एक वर्षको तलब पाउँदा ए श्रेणीका खेलाडीले ५ लाख ४० हजार, बी श्रेणीका खेलाडीले ४ लाख २० हजार र सीु श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्