असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारको तयारी



काठमाडौं भदौ २५ ।

सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको जानकारी दिएका हुन् ।

बिहीबार आर्थिक पत्रकार समाज नेपाल सेजनले गरेको कार्यक्रममा मन्त्री भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान शुरु हुन सक्ने जानकारी दिएका हुन् ।

चैत ११ मा लकडाउन घोषणाहुनुभन्दा केही समयअघि बन्द गरिएको आन्तरिक उडान अझसम्म पनि सुरु हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि संचालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्