बितेको २४ घण्टामा १२४६ संक्रमित, १८१८ डिस्चार्ज

काठमाडौं, भदौ २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय ४६ जना संक्रमित थपिएका छन् । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
हालसम्म ३५ हजार ७ सय संक्रमणमुक्त भएका छन् । बिहीबार मात्रै १८ सय १८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।