सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने



काठमाडौं भदौ २५ ।

सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतले सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा सहज बनाइएपछि अदालतले मुद्दा सुनुवाइ गर्ने तयारी गरेको हो ।

अदालतमा कार्यरत जनशक्ति, कानुन व्यवसायी, सेवाग्राहीसमेतको भिडभाड नहुने गरी संक्रमणको जोखिम न्युनिकरण गर्न स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै आइतबारबाट सेवा विस्तार गर्न लागेको सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ ।

विश्वभर महामारीका रुपमा कोरोना फैलिएपछि त्यसबाट जोगिन सर्वोच्च अदालतको ०७६ चैत ७ गतेको पूर्ण बैठकले अदालतको सेवा प्रवाह घटाएको थियो । त्यसपछि ०७७ भदौ २३ गते नेपाल बार एसोसियसन र सर्वोच्च अदालतबिच सेवा प्रवाहमा पुनर्विचार गर्ने सम्बन्धमा छलफलसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्