नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



काठमाडौं भदौ २५ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप एक महिला र चार पुरुष गरी ५ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्