एमसीसी पारित गर्ने नेकपाको निर्णय



काठमाडौं भदौ २६ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीलाई अनुमोदन गर्ने निर्णय गरेको छ।

नेकपाभित्रै चर्को विवादमा परेको एमसीसी संशोधन र परिमार्जन गरेर अनुमोदन नेकपाको स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार संशोधन र परिमार्जन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्