नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



काठमाडौं भदौ २६ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।

मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौँका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्