भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटिए



भक्तपुर भदौ २६ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन् ।

३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताए ।

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्