रोल्पामा पहिरोमा परी २ जनाको मृत्यु



रोल्पा भदौ २७ ।

रोल्पाको लुङ्गी गाउँपालिका वडा नं १ ऐते गाउँमा पहिरोले गोठ पुरिँदा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ज्ञानसिङ्ग घर्तीको ११ वर्षीय छोरा युवराज र ८ वर्षीय अर्का छोरा अमर घर्तीको मृतयु भएको हो ।

बालकहरुसँग गोठमैसुतेका अन्य २ जनाको सकुशल उद्धार गरिएको रोल्पाका प्रहरी प्रवक्ता तथा इन्सपेक्टर शंकर खड्काले तिलाचौरले जानकारी दिए।

इन्सपेक्टर खड्काका अनुसार बालकका आमा र हजुरआमा सामान्य घाइत रहेको र स्थानीय प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्