काठमाडौंमा ३७७ सहित उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए



काठमाडौं भदौ २७ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमाका कोरोना भाइरस ४३१ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।

जसमा काठमाडौंमा १५० महिला र २२७ पुरुष, भक्तपुरमा ५ महिला र ११ पुरुष र ललितपुरमा १६ महिला र २१ पुरुषमा कोरोना देखिएको हो । काठमाडौंमा उपत्यकामा हालसम्मकै दैनिक सबैभन्दा बढी कोरोना संक्रमित बिहीबार थपिएका हुन् ।

बिहीबार उपत्यकामा ६९६ कोरोना भाइरस संक्रमित देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्