कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु



काठमाडौं भदौ २७ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ पुरुष र तीन महिला छन् ।

सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौँका ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्