धार्मिक स्थलहरु बन्द गरिएको प्रति विश्व हिन्दू महासंघको आपत्ति



काठमाडौं भदौ २७ ।

विश्व हिन्दू महासंघले मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति प्रकट गरेकोे छ ।

महासघले भौतिक दूरी कायम राखेर सांस्कृतिक स्थल खुला गर्न जोडदार माग गरेको छ ।

महाघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाइएको हो ।

पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन ।

सरकारले बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथ लगायत मुख्य धार्मिक स्थलमा सर्वसाधरणका लागि दर्शन एवं पूजा गर्न चैतदेखि निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्