सिन्धुपाल्चोक पहिरो अपडेट : नौ जनाको शव भेटियो, २३ जना बेपत्ता



सिन्धुपाल्चोक भदौ २८ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शव भेटिएको छ ।

हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको शब भेटिएको छ । ८ महिला र एक पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले जानकारी दिए । पहिरोमा परी अझै २३ जना वेपत्ता रहेका छन् ।

बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, यानीमाया प्रधान, दिलमाया श्रेष्ठ, करण श्रेष्ठ, रिता श्रेष्ठ, मनिष श्रेष्ठ, रबिना श्रेष्ठ, रियाशु शिवभक्ति र दुई महिनाको वालक रहेका छन् ।

त्यस्तै पदमकुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लालबहादुरका छोरा छोरी, ट्यक्सि शेर्पा पनि बेपत्ता रहेका छन् । पहिरोले २५ घर बगाएको छ भने २ सय १० घर जोखिममा रहेको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ । यसैबीच सिन्धुपाल्चोकका सांसद तथा सभामुख अग्नीप्रसाद सापकोटाको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्