पीसीआर शुल्क घट्यो, अब दुई हजारमै पीसीआर परिक्षण



काठमाडौं भदौ २८ ।

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर दुई हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि पीसीआर परीक्षणको शुल्क चार हजार चार सय रुपैयाँ तोकिएको थियो ।

सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्