ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान



स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपेश तामङ

नुवाकोट,भदौ २८ । ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।काठमाडौंमा रहेको वान हार्ट नामक संस्थाद्वारा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

आइतबार उक्त संस्थाले झन्डै ३ लाख बराबरको सुत्केरी गराउन  प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिपेश तामाङले बताए।

ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवास्थित ककनी प्राथमिक स्वास्थ्य केन्द्रको वर्थिङ सेन्टरमा पछिल्लो समय कोभिडका कारण स्वास्थ्य सामग्री अभाव हुनसक्ने भन्दै उक्त संस्थाले विभिन्न ३० प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको बताइएको छ।

स्वास्थ्य केन्द्रलाई प्रदान गरिने स्वास्थ्य सामग्री व्यवस्थापनमा खटिदै

गाउँपालिकाको बजार क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा एक्सरे लगायतको सुविधाको व्यवस्था पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्